०१ असार २०८३, सोमबार

सभ्यता विनाशको संघारमा पुगेको रुसका राष्ट्रपतिको चेतावनी (भिडियो)

माघ १५, २०७७
सभ्यता विनाशको संघारमा पुगेको रुसका राष्ट्रपतिको चेतावनी (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरस, विश्वव्यापी शत्रुता तथा अन्तर्राष्ट्रिय तनावको वृद्धिका कारण सभ्यता विनाशको संघारमा पुगेको चेतावनी दिएका छन् । 

वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकमा भिडियो लिंकमार्फत बोल्दै पुटिनले असमानता तथा बेरोजगारी बढ्दै जानु अनि लोकरञ्जनवादको उदय हुनुले नयाँ नयाँ द्वन्द्व जन्माएको र संसारलाई विनाशतर्फ धकेलेको उनको भनाइ छ । 

‘महामारीले समस्याहरूलाई थप चर्काएको छ र असन्तुलनहरू बढ्दै गएका छन्,’ पुटिनले बताए । ‘अन्तर्राष्ट्रिय संस्थाहरू कमजोर बन्दै गएका छन्, क्षेत्रीय द्वन्द्वहरू चर्किरहेका छन् र विश्वव्यापी सुरक्षाको स्तर घटिरहेको छ ।’

रुस र अमेरिकाले आणविक हतियारको नियन्त्रणका लागि गरिएको सम्झौताको अवधि बढाउने निर्णयलाई स्वागत गरेका छन् । तर विभिन्न तनावहरू बढ्दै जाँदा दोस्रो विश्वयुद्धभन्दा अगाडिको स्थिति बन्दै गएको उनको भनाइ छ । 

उनले विश्वव्यापी रूपमा फैलिएका विशाल प्रविधि कम्पनीहरूको प्रभावका विषयमा चेतावनी दिँदै तिनीहरूले विभिन्न सरकारहरूसँग प्रतिस्पर्धा गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्