२२ जेठ २०८३, शुक्रबार

फिलिपिन्सका राष्ट्रपतिले सार्वजनिक स्थानमा कोभिड खोप नलगाउने, कारण यस्तो

माघ १५, २०७७
फिलिपिन्सका राष्ट्रपतिले सार्वजनिक स्थानमा कोभिड खोप नलगाउने, कारण यस्तो

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सार्वजनिक स्थानमा सबैले देख्नेगरी कोरोनाविरुद्धको खोप नलगाउने भएका छन् । 

उनले नितम्बमा खोप लगाउने भएकाले सार्वजनिक स्थानलाई परहेज गरेका हुन् । 

एक पत्रकार सम्मेलनमा डुर्टेटेका प्रवक्ता ह्यारी रोकले अन्य विश्व नेता जस्तो गरी पाखुरामा खोप नलगाई डुटेर्टेले नितम्बमा खोप लगाउने भएका हुन् । 

‘उहाँले नितम्बमा खोप लगाउन चाहेको बताउनुभएको छ, त्यो सार्वजनिक रूपमा देखाउने कुरो भएन,’ रोकले पत्रकारहरूलाई बताए । 

देशको कोभिड कार्यदलले राष्ट्रपतिलाई सार्वजनिक स्थानमा बसेर खोप लगाउन आग्रह गरेको थियो । उनले सार्वजनिक रूपमा खोप लगाउँदा खोपको सुरक्षाका विषयमा फिलिपिनोहरू ढुक्क हुने र खोप लगाउन आउने उनीहरूको विश्वास छ । 

गत अगस्ट महिनामा डुटेर्टेले रुसको स्पुतनिक भी खोप सार्वजनिक रूपमा लगाउने घोषणा गरेका थिए । 

तर फिलिपिन्सले चीनको सिनोभ्याक बायोटेकले बनाएको खोप लगाउने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्