०२ असार २०८३, मंगलबार

भारतका प्रसिद्ध चिकित्सकलाई फोनमा पत्नीले थर्काएपछि...(भिडियो)

माघ १५, २०७७
भारतका प्रसिद्ध चिकित्सकलाई फोनमा पत्नीले थर्काएपछि...(भिडियो)

भारतका प्रख्यात चिकित्सक केके अग्रवालले पत्नीलाई कोरोनाविरुद्धको खोप लगाउन सँगै नलगेकोमा खप्की खाएका छन् । 

उनलाई पत्नीले फोनमा थर्काएको भिडियो अहिले भाइरल भइरहेको छ । 

एक्लै खोप लगाएर एक गल्ती गरेका अग्रवालले लाइभ सेसन चलिरहेको बेलामा पत्नीको फोन उठाएर अर्को गल्ती गरे । 

भिडियोमा डा अग्रवाल कारमा बसेको र लाइभ सेसन गरिरहेको देखिन्छ । त्यसक्रममा उनलाई पत्नीले फोन गर्छिन् र खोप लगाउन जानुभएको हो भनी सोध्छिन् । ‘म बुझ्न गएको थिएँ, अहिले खाली छ लगाइहाल्नुस् भने, मैले लगाएँ,’ उनले भने । 

त्यो सुनेर पत्नी बेस्सरी रिसाइन् र भनिन्, ‘मलाई सँगै लग्नुपर्दैनथियो त ?’

उनले सोमवार खोप लगाइनेछ भनी सम्झाए पनि पत्नीको पारा चढ्छ र भन्छिन्, ‘बहाना नबनाउनुस्, मसँग झूटो नबोल्नुस् ।’ 

त्यसपछि उनी आफू लाइभ सेसनमा रहेको सम्झिन्छन् र पत्नीलाई भन्छन्, ‘म लाइभमा छु, पछि कुरा गर्छु ।’

त्यसपछि पत्नीले भन्छिन्, ‘अहिल्यै लाइभमा आएर तिमीलाई ठीक पार्छु ।’

पत्नीले थर्काएको भिडियो भाइरल भएपछि डा केके अग्रवालले ट्विटरमा सफाइ दिएका छन् । आफ्नो भिडियो हेरेर सबैलाई रमाइलो लागेको होला भनी लेखे । 
 

salt training

कमेन्ट गर्नुहोस्