२२ जेठ २०८३, शुक्रबार

यी व्यक्तिले दाँत माझ्दामाझ्दै निले ब्रश, अपरेसन गरेर जोगाइयो ज्यान

माघ १५, २०७७
यी व्यक्तिले दाँत माझ्दामाझ्दै निले ब्रश, अपरेसन गरेर जोगाइयो ज्यान

भारतको औरंगाबादमा ३३ वर्षीय एक मजदूरले दाँत माझ्ने क्रममा भूलवश टूथब्रश नै निलेका छन् । 

चिकित्सकहरूले तत्कालै अपरेसन गरेर उनको ज्यान बचाएका छन् । 

घटना एक महिनाअघिको हो । राजेश जाधव नामक ती मजदूरलाई डिसेम्बर २६ बिहान ११ बजे गभर्नमेन्ट मेडिकल कलेज यान्ड हस्पिटलमा पेट दुखेको भन्दै भर्ना गरिएको थियो । 
 

ब्रश पेटको कुन ठाउँमा अड्किएको छ भन्ने कुरा पत्ता लगाउन सीटी स्क्यान गरिएको डा जुनैद एम शेखले बताएका छन् । 

डा शेखले बताए, ‘ब्रश उसको शरीरभित्रै रहिरहेको भए पेट र आन्द्रामा समस्या आइलाग्थ्यो र जीवन नै खतरामा पर्न सक्थ्यो । त्यसैले उसलाई तत्कालै अपरेसन गर्ने निर्णय हामीले लियौं ।’
 

जाधवले कसरी ब्रश निले भन्ने विषय स्पष्ट छैन । 

६ दिन अस्पतालमा बसेर जाधव घर फर्केका थिए । उनी निको हुनका लागि आराम गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्