१२ असार २०८३, शुक्रबार

फागुन १५ गतेसम्म प्रतिनिधिसभा पुनःस्थापित हुन्छ : योगेश भट्टराई

माघ १५, २०७७
फागुन १५ गतेसम्म प्रतिनिधिसभा पुनःस्थापित हुन्छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् ।

इलाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे ।

पूर्व मन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज) को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए ।

सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ गतेसम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्