
दिल्ली मेट्रोको एक स्टेशनमा जडान गरिएको एक अश्लील भिडियो क्लीप पोर्न साइटमा पुगेको छ ।
क्लीपमा एक जोडी आपत्तिजनक अवस्थामा बसिरहेको देखिन्छ । दिल्ली प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
मेट्रो प्रशासनमाथि पनि छानबिन गरिरहेको छ । प्रशासनकै कुनै मानिसले सीसीटिभीमा रेकर्ड भएको उक्त अश्लील भिडियो कसरी पोर्न साइटसम्म पुग्यो भन्नेबारे कर्मचारीसँग सोधपुछ गरिहेको छ ।
दिल्ली मेट्रो कर्पोरेशनले यस विषयमा आन्तरिक जाँच पनि शुरु गरेको छ । कर्पोरेशनका एक अधिकारीले भने, ‘यस घटनामा जो सुकै भए पनि दोषी पाइएमा त्यसका विरुद्ध उचित कारबाही गरिनेछ ।’
यस सम्बन्धमा दिल्ली प्रहरीमा उजुरी दर्ता भएको छ । कुनै अज्ञात व्यक्तिविरुद्ध अश्लील भिडियो पोर्न साइटमा अपलोड गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो ।