२२ जेठ २०८३, शुक्रबार
नेकपा विभाजन

प्रचण्ड–नेपाल पक्षले भन्यो : नेकपा विवाद निरुपण नभई दल दर्ताको सूचना प्रकाशन गर्न मिल्दैन

प्रचण्ड–नेपाल पक्षले भन्यो : नेकपा विवाद निरुपण नभई दल दर्ताको सूचना प्रकाशन गर्न मिल्दैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले विवाद निरूपण नभई चुनावका लागि दल दर्ताको सूचना प्रकाशित गर्न नमिल्ने जिकिर गरेको छ । 

निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी नभएको उक्त समूहले पहिला नेकपा विवाद निरूपण हुनुपर्ने बताएको हो । 

पत्र बुझाएरफर्किने क्रममा आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा नेता राजेन्द्र पाण्डेले दुईवटा अध्यक्षलाई छुट्टाछुट्टै सम्बोधन गरेर पत्र पठाउनु नै आयोगले विवाद छ भनेर स्वीकार गरेको बताएका हुन् ।

अध्यक्षद्वय काठमाडौंबाहिर रहेकाले आयोगमा जाने प्रतिनिधि छान्न नसकेको उनले बताए । 

प्रचण्ड समूहले अध्यक्षहरू काठमाडौंबाहिर रहेकाले १८ गतेपछि छलफलमा बोलाउन माग गर्दै आयोगमा पत्र बुझाएको छ । 

आयोगले बोलाएको छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्