२२ जेठ २०८३, शुक्रबार

सिद्धार्थको फिल्ममा प्रभाष

सिद्धार्थको फिल्ममा प्रभाष

२०१९ मा प्रदर्शन भएको हिट चलचित्र ‘वार’को सफलतापछि निर्देशक सिद्धार्थ आनन्दको कुनै प्रोजेक्ट सार्वजनिक भइसकेको छैन  ।

तर, २०२२ सम्म उनले निर्देशन गरेका ३ वटासम्म चलचित्र आउन सक्ने अनुमान गर्न सकिन्छ ।

हाल उनी नयाँ प्रोजेक्ट निर्माणको तयारीमा जुटेको समाचार सार्वजनिक भएको छ । उनी एक ड्रिम प्रोजेक्टको तयारीमा जुटेको भारतिय मिडियाहरूले जनाएका छन् ।

सिद्धार्थले बनाउने भनिएको चलचित्र ‘पैन इण्डिया’ मा साउथ इण्डियन सुपर स्टार  प्रभाषलाई लिने योजना गराएका छन् । हालै उनले प्रभाषसँग कुराकानी गरिसकेका छन् । 

भारतिय मिडिया पिंकविलाको रिपोर्टअनुसार सिद्धार्थ अहिले प्रभाषसँग निरन्तर यस विषयमा कुराकानी गरिरहेका छन् । यो चलचित्रको बजेट निकै महंगो हुने अनुमान गरिएको छ ।

यो एक नयाँ एक्सन जनराको चलचित्र हुने बुझिएको छ । प्रभाषलाई पनि यो चलचत्रिको आइडिया निकै मन परेको बताइन्छ ।

तर, अहिलेसम्म यो चलचित्रमा प्रभाषले साइन गरिसकेका छैनन् । चलचित्रको छायांकन आगामी डिसेम्बरबाट सुरु हुने अनुमान गरिएको छ ।

२०२२ को गान्धी जयन्तीको अवसरमा यो चलचित्र प्रदर्शन हुने जनाइएको छ । सिद्धार्थले हालै आफ्नो अर्को चलचित्र ‘फाइटर’ घोषणा गरेका थिए भने उक्त चलचित्रमा दीपिका पादुकोण तथा  रितिक रोशनको जोडीलाई देखाउन गइरहेका छन् । साथै उनले शाहरुख खानको चलचित्र ‘पठान’को पनि छायांकन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्