२३ जेठ २०८३, शनिबार

द ग्लोबल रिस्क रिपोर्ट सार्वजनिक, यी हुन् संसारका सबभन्दा ठूला जोखिम

माघ १६, २०७७
द ग्लोबल रिस्क रिपोर्ट सार्वजनिक, यी हुन् संसारका सबभन्दा ठूला जोखिम

वर्ल्ड इकोनोमिक फोरमको नयाँ प्रतिवेदन द ग्लोबल रिस्क रिपोर्ट २०२१ ले अहिलेको अवस्थामा मानिसहरू आणविक बम भन्दा पनि रोग र जीविकामा आएको संकटलाई बढी ठूलो खतरा मान्छन् भनी उल्लेख गरेको छ । 

रिपोर्टमा संसारले सामना गर्नुपरेका १७ ठूला जोखिमको उल्लेख गरिएको छ । तिनलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खतराका रूपमा चित्रित गरिएको छ । 

अल्पकालीन खतराका विषयमा कुरा गर्दा ५८ प्रतिशत मानिसले संक्रामक रोगबाट डर लाग्ने बताए । जीवनयापनमा संकट, बाढी वा सुक्खा जस्ता प्राकृतिक विपत, साइबर सुरक्षा र डिजिटल असमानतालाई पनि उनीहरू जोखिमका रूपमा लिन्छन् । त्यस्तै आतंकवादी आक्रमण, युवाहरूको मोहभंग, सामाजिक सामञ्जस्यमा कमी, वातावरणमा क्षतिलाई मानिसले जोखमका रूपमा राखेका छन् । 
 

मध्यमकालीन जोखिममा एसेट बबल बर्स्ट, आईटी इन्फ्रास्ट्रक्चर ब्रेकडाउन, मूल्य अस्थिरता। कमोडिी शक, ऋण, राज्यहरूबीचको सम्बन्धमा समस्या लगायतलाई राखिएको छ । 

दीर्घकालीन खतरामा आमविनाशकारी हतियार, राज्यको पतन, जैविक विविधतामा हानि, प्रतिकूल प्रविधिको विकास, प्राकृतिक संसाधन संकट, सामाजिक सुरक्षामा कमी, समावेशितामा कमी, जलवायु परिवर्तन रोक्नमा विफलता, विज्ञानप्रतिको आक्रोशलाई ठूलो संकट मानिएको छ । 

प्रतिवेदनमा उल्लेख गरिएका अन्य तथ्यअनुसार, ७० प्रतिशत महिलाले कोरोनाका कारण करीयर सुस्त बनेको बताए । 

साढे आठ करोड रोजगारीहरू अटोमेटेड हुनेछन् अर्थात् मानिसको जागिर मशिनले खोस्नेछ । 

३० प्रतिशत युवामा प्राविधिक ज्ञानको अभाव छ । त्यसले गर्दा उनीहरू डिजिटल दुनियाँमा पछि पर्दै गएका छन् । 

कोरोनाकालमा ८० प्रतिशत युवा मानसिक तनावमा परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्