२१ जेठ २०८३, बिहीबार

पुटिनको ‘भूत’ भगाउन खोज्ने व्यक्ति प्रहरीको फन्दामा

पुटिनको ‘भूत’ भगाउन खोज्ने व्यक्ति प्रहरीको फन्दामा

साइबेरियाबाट पाँच हजार माइल हिँडेर क्रेमलिन आई राष्ट्रपति भ्लादिमिर पुटिनमा चढेको ‘भूत’ भगाउने योजना बनाएका एक झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

अलेक्जेन्डर साशा गेबीशेभले ६ महिनाको यात्रा गरेपछि यसै हप्ता पक्राउ गरिएको हो । 

आफ्नो यात्राको उद्देश्य नै पुटिनलाई क्रेमलिनबाट हटाउनु रहेको झाँक्रीले प्रस्ट पारे । 

हिरासतमा लिइनुअघि उनले भने, ‘पुटिन मानिस हैनन्, राक्षस हुन् भनी भगवानले मलाई भने र राक्षसलाई मैले हटाउनुपर्छ । त्यसैले म त्यसलाई हटाउन यहाँ हिँड्दै आएको हुँ ।’

गेभिशेभ सन् २०२१ सम्ममा मस्को पुग्ने योजना बनाइरहेका थिए । उनलाई साइबेरियामा बाइकाल ताल नजिकको शिविरमा प्रहरीले पक्राउ गरेको हो । 

उनले आफूलाई लडाकू झाँक्री भनी बताउने गरेका छन् र उनलाई याकुतियातिरै फर्काइनेछ । उनीमाथि फौजदारी मुद्दा चल्नेछ । 

प्रहरी उनी भए ठाउँमा पुगेपछि उनलाई भुइँमा पछार्‍यो अनि एउटा कारतिर धकेल्दै लग्यो । 

झाँक्रीले ठूलो चक्कु बोकेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनायो । 

उनी मस्कोमा जाँदै गर्दा मानिसहरू पनि सँगै लागेका थिए अनि अन्यले उनलाई खाना, छाना र पैसा समेत दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्