३१ जेठ २०८३, आइतबार

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार सैनिक मुख्यालयमा

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार सैनिक मुख्यालयमा

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रका खातिर जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त सहिदप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सुरक्षा निकायमा रही देश र जनताका बलिदानी दिने सम्पूर्ण सहिदको सम्झनामा जङ्गीअड्डा परिसरमा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले घाइते सकलदर्जा तथा वीरगतीप्राप्त परिवारजनबाट राष्ट्रका लागि भएको अतुलनिय योगदानको स्मरण गर्दै कृतज्ञता व्यक्त गरे ।

आयोजक संस्थाका अध्यक्ष हेमाकुमारी घर्ती, उपाध्यक्ष राधा पाण्डे, नेपाली सैनिक श्रीमती सङ्घकी अध्यक्ष र  सदस्य, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, प्रदेशका सहिद परिवारका प्रतिनिधिको सो कार्यक्रममा सहभागीता थियो ।

salt training

कमेन्ट गर्नुहोस्