०२ असार २०८३, मंगलबार

ल्वाङ : टाउको दुखेकोदेखि पेटमा ग्यास भरिँदाको लागि अचुक औषधि

चैत २१, २०७७
ल्वाङ : टाउको दुखेकोदेखि पेटमा ग्यास भरिँदाको लागि अचुक औषधि

ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ ।

जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । 

ल्वाङको प्रयोगले दाता दुखेको, रुघा ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि निकै फाइदाजनक हुन्छ । 

कसरी गर्ने प्रयोग ?

रुघा र ज्वरो :यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने । 

जुका : जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने । 

टाउको दुखाई–१० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने । 

मुखमा घाउःमुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

दात दुखे :४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने । 

पेटको ग्यास : पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खाने यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।

    salt training

    कमेन्ट गर्नुहोस्