
गोरखापत्रमा नै जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन निरङ्कुश शासन र तानासाही व्यवस्थाविरुद्धको आन्दोलनमा जीवन बलिदानी दिने वीर वीरङ्गनाप्रति सम्मान गर्दै शुक्रबार देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइएको खबर छापिएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार अमर शहीदहरूका सालिकमा माल्यार्पण गरी उच्च सम्मान प्रकट गरिएको छ ।
यसै अवसरमा शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा गइ प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ रहेको स्मारकमा पुुष्पगुुच्छा अर्पण गरी शहीदहरूप्रति उच्च सम्मान प्रकट गरे । त्यसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर सक्रिय र क्रियाशील रहेको बताए ।