
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको सुरुवाती बिन्दु पाँचथरस्थित चिवाभन्ज्याङ भारतको सिक्किमसँग सडकमार्फत जोडिएको छ । चिवाभन्ज्याङमा नेपालले नौ वर्षअघि नै ट्र्याक खोलेको थियो ।
नेपालको पाँचथर याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङसम्म भारतको सिक्किमबाट जोडिएको सडक । भारतको सिक्किमसँग नेपाल जोडिएको यो पहिलो सडक पनि हो । तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल, पाँचथर
भारतले भने बल्ल मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दुसम्मै ट्र्याक जोडेको हो ।पाँच महिनाअघि चिवाभन्ज्याङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दा सिक्किमतर्फको सडक करिब २५ किलोमिटर तल सोक्पाखामा थियो । यो ठाउँबाट चिवाभन्ज्याङ पुग्न सात घण्टा हिँड्नुपर्थ्यो ।
नेपालले बीओपीमा खटिएका सुरक्षाकर्मीका लागि खाद्यान्नलगायत सामग्री गाडीबाटै लैजाँदा सीमा क्षेत्रमा खटिएका भारतीय एसएसबी बोकेरै ढुवानी गर्दै आएका थिए । सिक्किमसँग सडक सञ्जालले जोडिएपछि सहज भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।कान्तिपुर दैनिकमा खबर छ ।