१२ असार २०८३, शुक्रबार

सुक्खा बन्दरगाह भाडामा

माघ १७, २०७७
सुक्खा बन्दरगाह भाडामा
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

काँकडभिट्टामा निर्माण भएको सुक्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्राइभेटलाई दिइएको छ।  यो विषयमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल फ्रेट सर्भिसेसबीच बुधबार सहमति भएको छ। सहमतिपत्रमा इन्टरमोडलका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र ट्रान्स नेपालका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन्।

गजुरेलका अनुसार उक्त बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको विषयका इन्टरमोडल यातायात विकास समितिले गत साउन ३२ गते बोलपत्र प्रस्ताव आह्वान गरेको थियो। उक्त आह्वानअनुसार पाँच कम्पनी ट्रान्स नेपाल फ्रेट सर्भिस विराटनगर, एटलस एलाइड आईसीडी जेभी भाटभटेनी काठमाडौं, नेपाल ट्रान्जिट एन्ड वेयर हाउजिङ काठमाडौं, प्रिस्टिन भ्याली ड्राइपोर्ट जेभी आईसीडी वीरगन्ज र अपना हाइवे जेभी कोलकाता (भारत) ले बोलपत्र बुझाएको थियो। प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकन प्रक्रियामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई छनोट गरिएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार ट्रान्स नेपाल फ्रेटलाई  पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्ने गरी सञ्चालन र व्यवस्थापनको लागि जिम्मा दिइएको हो। सम्झौताअनुसार नेपाल ट्रान्स फ्रेटले आगामी फागुन १ गतदेखि बन्दरगाहको जिम्मेवारी सम्हाल्नेछ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्