१२ साउन २०८३, मंगलबार
पत्रपत्रिका पहिलो पेज

सहज बन्यो कर्मचारीको सरुवा, तानातानमा पूर्वलडाकु

सहज बन्यो कर्मचारीको सरुवा, तानातानमा पूर्वलडाकु

शनिबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिकहरुले विभिन्न समाचारलाई पहिलो पेजमा प्राथमिकता दिएका छन् । कान्तिपुर दैनिकले एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी भएपनि जिम्मेवारी सम्हालेको एक महिना बितिसकेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन नसकेको खबर पहिलो पृष्ठमा छापेको छ ।  

उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन्  न कुनै सकारात्मक पहल गरेका छन् ।

एक उपसचिवका अनुसार मन्त्रीलाई भेट्न नपाएकै एक महिना भइसक्यो । उनले भने, ‘एक महिना भयो, अहिलेसम्म मन्त्री ज्यूलाई भेटेर आफ्नो शाखाको कामको ब्रिफिङ गर्न पनि पाइएको छैन । उहाँ मन्त्रालयमा खासै देखा पर्नुहुन्न ।’
उनी चुनावी गतिविधि र पार्टीको काममा बढी केन्द्रीत भएको उनको भनाइ छ ।
सोही पत्रिकाले पानी जहाज कार्यालय सुनसान बनेको खबरलाई पनि पहिलो पेजमा समेटेको छ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजना मध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको थियो । १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन् । कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ ।

पानीजहाज सञ्चालन, अध्ययन र नियमन गर्न कार्यालय स्थापना भएको हो । तर कार्यालय खोल्न हतारिएको सरकारले पानीजहाज सञ्चालनसम्बन्धी कानुन अझै ल्याएको छैन । कान्तिपुरमा खबर छ ।
गोरखापत्र दैनिकले निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  नसकेको खबर छापेको छ ।   आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।

आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको थियो । आयोगले अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधिसमेत पाँच, पाँच जना उपस्थितिका लागि पत्र पठाएको थियो । आगामी  निर्वाचनको  दल  दर्ता  गर्ने  प्रयोजनका लागि सूचना प्रकाशन गर्ने समय आउन  लागेको  भन्दै  छलफलका  लागि  बोलाइएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षसँग निर्वाचनमा एउटै पार्टी भएर आउने वा फरक पार्टी भएर आउने भन्ने सम्बन्धमा छलफल गर्न  लागिएको जानकारी दिए ।  
गोरखापत्रमा नै जनतालाई स्वतन्त्र  र  सार्वभौमसत्ता  सम्पन्न  बनाउन  निरङ्कुश शासन र तानाशाही व्यवस्थाविरुद्धको आन्दोलनमा  जीवन  बलिदानी  दिने  वीर  वीरङ्गनाप्रति  सम्मान  गर्दै  शुक्रबार  देशभर  विभिन्न  कार्यक्रमका  साथ  शहीद  दिवस  मनाइएको खबर छापिएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार अमर  शहीदहरूका  सालिकमा  माल्यार्पण  गरी उच्च सम्मान प्रकट गरिएको छ ।

यसै अवसरमा  शहीद  सप्ताहको  अन्तिम  दिन  शुक्रबार  लैनचौरस्थित  शहीद  स्मारकमा  गइ प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  त्यहाँ रहेको स्मारकमा पुुष्पगुुच्छा अर्पण गरी शहीदहरूप्रति उच्च सम्मान प्रकट गरे । त्यसपछि  आयोजित  कार्यक्रमलाई  सम्बोधन  गर्दै प्रप्रधानमन्त्री  ओलीले  शहीदको  सपना  साकार  पार्नकै  लागि  सरकार  निरन्तर  सक्रिय  र  क्रियाशील  रहेको  बताए ।

सरुवा सहज
विराटनगरको  भन्सार  कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक  महिनाअघि  सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयमा  निवेदन  दिए ।   अनलाइन  प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईंले रोजेकै कार्यालयमा सरुवा भयो भनेर फोन आयो । महोत्तरी,  जलेश्वरको  हुलाक  कार्यालयबाट  निजामती किताब खानामा सरुवाका लागि निवेदन दिएका खरिदार  सावित्रा  अधिकारीको  पनि  अनलाइनबाट निवेदनदिएको केही दिनमै मन्त्रालयले सरुवा भएको जानकारी दियो । “खाली ठाउँ कहाँ छ  भन्ने  खोज्दै  जाँदा  निजामती  किताब  खानामा  खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईंको काम  भयो  भनेर  मन्त्रालयबाट  फोन  आयो”  अधिकारीले भनिन् । अनलाइन प्रणालीबाट सरुवा गर्दा बिनाभनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरुवा भएको उनले बताइन् ।

सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  सुरु  गरेको  अनलाइन  सरुवा  प्रणाली  प्रभावकारी  बन्दै  गएको  छ ।  यसअघि  भौतिक  रूपमै उपस्थित भएर सरुवाका लागि निवेदन दिँदा एक  महिनामा  तीन  सयदेखि  चार  सय  निवेदन  आउने  गरेकोमा  अनलाइन  प्रणाली  लागू  भएपछि  आठ  सय  पुगेको  छ ।

 निवेदन  दिएकामध्ये  एक  महिनामा ७२ जनाको सरुवा अनलाइन प्रणालीबाट भएको  मन्त्रालयले  जनाएको  छ ।  गोरखापत्रमा खबर छ ।
यस्तै  संविधानको  धारा  ७६  को  व्याख्याका  क्रममा  धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क  कानुन  व्यवसायीहरूले  गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले  एकको  व्याख्या  गर्दा  अर्काे  निष्क्रिय  हुन  नहुने  तर्क  उनीहरूको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ  अधिवक्ता  रामनारायण  बिडारी,  वरिष्ठ  अधिवक्ता  रमनकुमार  श्रेष्ठ  र  विघटित  प्रतिनिधि  सभाका  सदस्य कृष्णभक्त पोखरेलले सो तर्क गरेका हुन् । उनीरूले अदालतले संसदीय मूल्य मान्यताभन्दा संविधानको भावनालाई  नै  प्राथमिकता  राखेर  व्याख्या  हुनुपर्ने राय दिएको खबर गोरखापत्रमा छापिएको छ ।

नयाँ पत्रिका दैनिकले ‘कर्णालीमा ढुवानी गर्न प्रतिकिलो ११४ रुपैयाँसम्म सरकार खर्च, तर जनताका झोलामा कुहिएको चामल’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ–दुर्गममा खाद्यान्न ढुवानी गर्न चालू आर्थिक वर्षमा मात्रै सरकारले ४६ करोड बजेट छुट्याएको छ, गाडीबाट प्रतिकिलो ४६ रुपैयाँ र जहाजबाट प्रतिकिलो ११४ रुपैयाँसम्म ढुवानी खर्च तिरे र बिक्री केन्द्रहरूमा पु¥याइएको चामल कहिले कुहिएको भेटिन्छ, कहिले अमिलो हुन्छ । यस्तै खाद्यको चालम ठेकेदारले बेच्ने गरेको पनि समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले प्रचण्ड– नेपाल र ओलीको तानातानमा पूर्व लडाकू परेको खबर छापेको छ । समाचारमा भनिएको छ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ । प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन् ।

यस्तै सोही पत्रिकाले निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको खबर छापेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

यस्तै  अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको खबर पनि सोही पत्रिकामा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो ।
परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयका रूपमा गणित वा सामाजिक तथा जीवन उपयोगीमध्ये एउटा अध्यापन गराउनुपर्नेछ । यसअघि तेस्रो अनिवार्य विषयका रूपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो ।

अन्नपूर्ण पोस्टले ‘अंशबण्डामा झगडा, मुद्दा नपरेको अवस्था’ शीर्षकमा नेकपा विवादबारे खबर छापेको छ । सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा रहेको खबर पनि अन्नपूर्ण पोस्टमा छापिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको व्यवस्था भइसकेको भएपनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

समाचारमा अर्थले रकमान्तर प्रक्रिया अघि बढाएको उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्