२५ जेठ २०८३, सोमबार

परदेशीको पीडामा सुरज र अशोकको मार्मिक गीत 'आशीर्वाद' [हेर्नुहोस् भिडियो]

परदेशीको पीडामा सुरज र अशोकको मार्मिक गीत 'आशीर्वाद' [हेर्नुहोस् भिडियो]

गीतकार सुरज गैरे ‘विवश’ तथा अशोक कुमार तिमल्सिनाको नयाँ गीत ‘आशीर्वाद’ सार्वजनिक भएको छ । 

गाउँमा आमा र परदेशमा छोरा हुँदाको परिवेशमा भिडियो बनाइएको छ । 

सुवास भुसालले संगीत भरेको सो गीतमा केतन क्षेत्रीले आवाज दिएका छन् ।

गीतको शुरूवातमा परदेशमा रहेका छोरा (अशोक कुमार तिमल्सिना)ले गाउँमा रहेकी आमा (मिथिला शर्मा)लाई फोन गर्छन् । 

त्यतिकैमा आमालाई खोकीले च्याप्छ । त्यसपछि शुरू हुन्छ, गाउँमा एक्ली आमाको र परदेशमा एक्लै रहेको छोराको पीडा ।

गीतको शुरूमा निकै मार्मिक रचना छ, 

‘तिम्रो काखबाट म दूर छु
सम्झनामा दिन काट्न मजबुर छु ।’

परदेशमा भेडा चराउने काम गरिरहेका उनलाई आमाको यादले निकै सताउँछ । 

कुनै बेला आफ्नै मन बुझाउन खोज्छन्, भने कुनै बेला भक्कानिन्छन् । 

पीडा फरक सबैको एउटै कथा
म मात्र होइन पूरै देशको व्यथा
भइन आमा तिम्रो साथ
टाढैबाट देउन आशिर्वाद ।

गीतमा कोरोना महामारी समेत जोडिएको छ । आमाको यादले घर फर्कन परदेशमा छोरा चाहन्छन् । तर् उता मालिकले घर जान विदा नदिने र बिदा मागे पनि कुट्ने जस्ता हर्कतहरू देखाउन थाल्छन् । 

यत्तिकैमा यता गाउँमा आमालाई रोगले च्याप्छ । अन्तिममा मालिकले छोरालाई घर पठाउन तयार हुन्छ । तर त्यतिखेर नेपालमा कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनिकरणका लागि भन्दै सरकारले अनिश्चित कालका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्छ ।

छिटै घर गएर आमालाई भेट्ने छोराको सपनामा धक्का लाग्छ । 

गीतको भिडियोको अन्तिममा गाउँमा आमाको मृत्यु र उता परदेशमा पनि छोराको मृत्युको दृश्य देखाइन्छ । 

गीतबारे गीतकार लेखेका छन् यो गीति कथा हात मुख जोड्न कै निमित्त बिदेशिनु परेका तमाम नेपाल आमाको सन्तानमाथि  'कोरोना भाइरस'ले दिएको अर्को बज्रपात को कहानी हो । सबै कुराले भरिपूर्ण भए त पनि मर्दा-पर्दा उपस्थिति हुन नपाउनुको पीडाको कथा हो । आमा र छोराबीचको अधुरो कहानी हो, आमाको पुरा नभएको आशीर्वाद।

शुक्रवार ओएसआर डिजिटल युट्युव च्यानलमा सार्वजनिक भएको सो गीत समाचार तयार पार्दासम्म ३३ हजारभन्दा बढी भ्यूज पाइसकेको छ । 

गीतमा अभिनेत्री मिथिला शर्मा, सुरज लामा, अशोक लगायतले फिचरिङ गरेका छन् ।

हेर्नुहोस् भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्