२७ असार २०८३, शनिबार

‘वनमन्त्रीलाई देखेर यहाँका रुख र जनावर थरथर कामेका छन्’

‘वनमन्त्रीलाई देखेर यहाँका रुख र जनावर थरथर कामेका छन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका सदस्य भीम रावलले सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेलाई सम्झेर सुदूरपश्चिमका रुख विरुवा समेत डराएको टिप्पणी गरेका छन् । 

प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आले काठ तस्करीमा संलग्न रहेको आरोप लगाएका हुन् । 

‘ओलीले यस्तो व्यक्तिलाई मन्त्री बनाइदिनुभयो जसलाई काठ तस्कर भनेर यहाँका रुख र जनावर थरथर कामेका छन’ रावलले भने ।

नेता रावलले सुदूरपश्चिमको माया गरेर नभइ केही भरौटेलाई मन्त्री बनाएको जिकिर गरे ।

रावल र आलेबीच सुदूरपश्चिममा राजनीतिक प्रतिष्पर्धा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्