
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनको नाममा शुरू भएको प्रतिगमनलाई सुदूरपश्चिमले परास्त गर्ने हिम्मत देखाएको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले आफूहरुको सभा बुटवल र विराटनगरको भन्दा ठूलो भएको दावी गरेका हुन् ।
‘ओलीको पक्षमा केन्द्रीय सदस्यमा एकतिहाइ सदस्य छन, सडकमा मेरा धेरै छन भन्ने उहाँको दावी थियो, यसअघिको सभाबाट ओली फुर्किएका थिए’ प्रचण्डले भने, ‘तर आज सुदूरपश्चिमले प्रमाणित गरिदिएको छ–सडकमा पनि एकतिहाइ हो, ओलीको घमण्डलाई फुच्चे बाउन्ने बनाइदिनुभयो ।’