सामाजिक सञ्जालमा अहिले एउटा भिडियो सार्वजनिक भएको छ ।
द सनले सार्वजनिक गरेको सो भिडियोमा एक सुगाले ऐना हेरिरहेको छ भने उसले कुरा पनि गरिरहेको छ ।
ऐनामा आफूजस्तै अर्को सुगा देखेपछि उसले आई लभ यु भनेको छ ।
सुगा यतिमा मात्रै रोकिएको छैन, उसले क्यान आई गेट अ किस ? भन्दै प्रश्न गरेको छ ।
त्यस्तै उसले ह्वाट आर यू डोइङ भन्दै प्रश्न पनि गरेको छ ।
यो भिडियो ट्वीटरमा अहिलेसम्म ३७ लाखभन्दा बढीले हेरिसकेका छन् ।
"Can I get a kiss?" 😂
— The Sun (@TheSun) January 30, 2021
🎥: rio.amari pic.twitter.com/MBdaoStZqv