०४ असार २०८३, बिहीबार

बिहे पास’ मा दयाहाङ र प्रकृति

बिहे पास’ मा दयाहाङ र प्रकृति


समाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राविधिकको छनौट कार्य जारी रहेको छ । सामाजिक बिषयमा प्रचुर मात्रामा हास्य रस मिसाएर निर्माण गरिन लागिएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्