
आफ्नी आमाको शवलाई फ्रिजमा राख्ने एक जापानी महिला पक्राउ परेकी छिन् । उनले आमाको मृत्युपछि शव १० वर्षसम्म फ्रिजमा राखेको गार्डियनले खबर छापेको छ । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रिजमा लुकाएर राखेको स्वीकारेको समाचारमा उल्लेख छ ।
उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् । आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय रहेकाले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।