
कान्तिपुर पत्रिकामा मनाङको तल्लो भेग ताचै, थोंचे र तिल्चे क्षेत्रमा डढेलोले फेरि वितण्डा मच्चाएको खबर छापिएको छ । मंसिर ११ बाट तोको र थान्चोकपारिको जंगलबाट सल्केको आगो करिब दुई महिनापछि माघ पहिलो साता मात्रै ताचै क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । त्यसको एक सातापछि ताचैमै जोडिने गरी अर्को डढेलो लागेको हो ।