२२ जेठ २०८३, शुक्रबार

नेफ्टा अवार्डः टाइटल स्पोन्सरमा जोडियो एलआइसी नेपाल

नेफ्टा अवार्डः टाइटल स्पोन्सरमा जोडियो एलआइसी नेपाल

फागुन अन्तिम साता हुन गइरहेको दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ । चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्रा.ली. र एल.आइ.सीबीच शुक्रबार सम्झौता पत्रमा साइन गरिएको हो ।

एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । टाइटल स्पोन्सर बापत नेफ्टा अवार्डलाई एलआएसीले कति रकम उलपब्ध गरायो भन्ने खुलाइएको छैन । सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब 'एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड २०७७ भएको छ ।

ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले मुख्य प्रा्योजनसँग सम्झौता भएसँगै अब यो अवार्ड भव्य रुपमा सम्पन्न हुने विश्वास लिएको बताए । उनले भने, ‘अव एक महिनामा कार्यक्रम हुँदैछ । कोभिड पछिकै सबैभन्दा ठुलो एवार्ड हुन लागेकोमा सबैले चासो दिनुभएको छ । सबैको सहयोग मिलिरहेको छ । खुसी लागेको छ ।'

टाइटल सपोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी स्पोन्सरमा जोय पपाया र अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ भने अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन गर्नेछ । अवार्ड समारोहले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

कोरोना भाइरसको महामारीको कारण गत बर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक कार्यक्रम यहि माघ २४ गते काठमाडौंमा हुनेछ । अवार्ड समारोह भने फागुन २९ गते हुनेछ ।

कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए । महामारिको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने आफुहरुको दायित्व भन्दै यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई लामाले आग्रह पनि गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्