
भारतका सम्पुर्ण सिनेमा घरमा भोलीदेखि सबै सिट भरेर हल संचालन गर्न पाउने गरी त्यहाँको केन्द्रिय सरकारले अनुमती दिएको छ ।
लकडाउनपछि गृह मन्त्रालयले ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न दिने निर्णय गरेको हो । गृह मन्त्रालयले केहि दिन अघि भनेको थियो, ‘यस बिषयमा कुरा भइरहेको छ, केहि दिनमा विशेष निर्णय हुनेवाला छ ।’ उक्त भनाई बाहिर आएको केहि दिनमै हल संचालक, निर्माता, प्रदर्शक र समग्र चलचित्रकर्मीहरुको पक्षमा मन्त्रालयले ठुलो निर्णय गरेको हो ।
सूचना तथा प्रशारण मन्त्रालयले भारतका सम्पूर्ण हलहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्न दिने गरी निर्णय भएको भारतिय मिडियाहरुले जनाएका छन् । तर, सरकारले तोकेको मापदण्ड भने हल संचालकहरुले मान्नुपर्ने हुन्छ ।
भारत सरकारले शत प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न दिने निर्णय गरेपछि बलिउड निर्माता र प्रदर्शकका लागि ठूलो राहत मिलेको छ । बलिउड चलचित्रकर्मीमा उत्साह छाएको छ ।