
क्यारिबियाली क्षेत्रको मुलुक डोमिनिकन रिपब्लिकमा एक माहुरीपालकले आफ्नो देब्रे हातमा माहुरीको घार बोकेर हिँडेको अनौठो भिडियो सार्वजनिक भएको छ ।
माहुरीले छोपिएको हातका साथ उनी आरामले सडकमा टहलिएका थिए ।
आफूलाई माहुरीले नटोक्ने किनकि रानी मौरीलाई मुट्ठीभित्र राखेको उनले बताए ।
भिडियोमा माहुरीपालकले मौरीहरूलाई एउटा बाकसमा राख्न खोजेको बताएका छन् ।
रानी मौरीको फेरोमोनलाई सुँघ्न सक्ने भएकाले अन्य मौरीले मौरीपालकलाई नटोकेको हुन सक्छ । फेरोमोनले रानी मौरी सुरक्षित छिन् भन्ने संकेत अन्य मौरीलाई दिन्छ ।
फेरोमोन भनेको प्रत्येक मौरीले छोड्ने रासायनिक तत्त्वको सम्मिश्रण हो जसबाट उनीहरूले व्यवहारमा परिवर्तन वा अन्य मौरीको शारीरिक संरचनाको बारेमा संकेत दिन्छन् ।