०२ साउन २०८३, शनिबार

नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को पत्र सभामुख सापकोटाले गरे फिर्ता [पत्रसहित]

नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को पत्र सभामुख सापकोटाले गरे फिर्ता [पत्रसहित]
फाइल फोटो

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र फिर्ता गरेका छन् । 

मुख्य सचिव एवं संवैधानिक परिषद्का सचिवलाई आइतवारको मितिमा पत्र लेख्दै सापकोटाले सिफारिशको पत्र फिर्ता गरेका हुन् । 

मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिको सिफारिश गरेको थियो ।

पुस ३ गते परिषद्ले संघीय संसद् सचिवालयलमा संसदीय सुनुवाइका लागि पत्र पठाएको थियो ।

पौष ५ गते प्रतिनिस सभा विघटनसँगै संसदीय सुनुवाइ समिमि निस्क्रिय बनेको थियो । परिषद्ले सिफारिश गरेको ४५ दिनभित्र सुनुवाइ गर्न नसके स्वतः नियुक्त हुने संविधानमा व्यवस्था छ । 

सभामुखले पठाएको पत्र तत्कालीन प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई समेत बोधार्थ पठाएका छन् । 

हेर्नुहोस्, पत्र :


 

salt training

कमेन्ट गर्नुहोस्