०३ साउन २०८३, आइतबार

ओलीले हिन्दुराष्ट्र घोषणा गर्न लागेको भन्नेहरुलाई गोकुल बाँस्कोटाले दिए यस्तो जबाफ

ओलीले हिन्दुराष्ट्र घोषणा गर्न लागेको भन्नेहरुलाई गोकुल बाँस्कोटाले दिए यस्तो जबाफ
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको नेकपाकै प्रचण्ड–नेपाल समूहले आरोप लगाएपछि ओली समूहका नेता गोकुल बाँस्कोटाले जबाफ फर्काएका छन् ।
उनले प्रचण्ड–नेपाल समूहले निरन्तर गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि हमला गरिरहेको भन्दै उनीहरुको नियतमाथि प्रश्न उठाएका छन् ।

प्रचण्ड–नेपाल समूहमा पूर्व ताकेर पश्चिम पड्काउने प्रवृत्ति रहेको भन्दै उनले तर त्यो तरिका पुरानो भएकाले सबैले बुझिसकेको बताएका छन् । ओली गणतन्त्रवादी भएकाले उनको नियममाथि कसैले शंका गर्न नहुने उनको आशय छ ।
‘उहाँहरुको आरोप छ–ओली हिन्दु तन्त्र  ल्याउन र गणतन्त्र मास्न चाहन्छन् तर उहाँहरुको काम चै निरन्तर गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि हमला। अब आफै भन्नुस् गणतन्त्र ध्वस्त पार्न को चाहन्छ ?’, बाँस्कोटाले प्रश्न गर्दै भनेका छन्, ‘पूर्व ताकेर पश्चिम पड्काउने पुरानो तरिका अब त सबैले बुझ्या छैनन र भन्या ?’
प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेलगायतका नेताले ओलीले माघ २३ गते नारायणहिटी अगाडि राखेको कार्यक्रमबाट नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको आफूले सुनेको आइतबार बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्