२३ जेठ २०८३, शनिबार

धर्ना कार्यक्रमबाट पछि हट्यो प्रचण्ड–नेपाल समूह

धर्ना कार्यक्रमबाट पछि हट्यो प्रचण्ड–नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माइतीघर मण्डलामा भइरहेको सांसदहरूको धर्ना कार्यक्रम तीन दिनअगावै समापन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड–नेपाल समूहले माघ १४ देखि २१ गतेसम्म सांसदहरूको धर्ना कार्यक्रम राखेको थियो ।
किन छोट्याइयो ?
नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार आन्दोलनका आगामी कार्यक्रममा केन्द्रित हुनु परेकाले धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

आइतवारको धर्नामा प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्