
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा भएको 'सैन्य कू'को विरोध गरेका छन् ।
सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताएका छन् ।
उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्,'यद्यपी रोहिङ्या समुदायमाथी सुकि सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो l तर मानवीयताको बाटो फेरिए पनि लोकतन्त्र नै हो l हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा l'
म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छिन् । सैन्य ‘कु’ पछि सेनाले उनलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । सुचीको प्रवक्ताले एक विज्ञप्तिमार्फत उनलाई सेनाले हिरासतमा लिएको जानकारी दिएका छन् ।