२२ जेठ २०८३, शुक्रबार

म्यानमारमा १ वर्षका लागि संकटकाल घोषणा

म्यानमारमा १ वर्षका लागि संकटकाल घोषणा

नेत्री आङ सान सुची, राष्ट्रपति र नेताहरूलाई नियन्त्रण लिएको म्यानमारको सेनाले १ वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार सैनिक टेलिभिजनमार्फत १ वर्षका लागि संकटकाल घोषणा गरिएको सार्वजनिक भएको छ ।

म्यानमारको नेसनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छन् । सैन्य ‘कु’पछि सेनाले उनलाई हिरासतमा लिएको हो ।

सुचीका प्रवक्ताले एक विज्ञप्तिमार्फत उनलाई सेनाले हिरासतमा लिएको बताएका छन् । विगत केही समययता सरकार र सेनाबीच विवाद उत्पन्न भएको अवस्थाबीच गिरफ्तारी गरिएको छ ।

नेसनल लिग फर डेमोक्रेसी पार्टीले गत नोभेम्बर महिनामा भएको चुनावमा भारी जीत हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दावी गर्दै आएको थियो ।

सेनाले सोमवार बोलाइएको संसद बैठक स्थगित गरिदिएको छ । समाचारमा जनाएअनुसार सुचीसँगै राष्ट्रपति बीन म्यिंट र अन्य शीर्ष नेताहरूलाई पनि हिरासतमा लिइएको छ । सुचीका प्रवक्ताले आफू पनि पक्राउ पर्ने खतरा उत्तिकै रहेको बताएका छन् ।

बीबीसीका अनुसार सैन्य ‘कु’पछि म्यानमारको राजधानीका साथै देशका मुख्य शहरमा बाक्लो संख्यामा सेना परिचालित भएका छन् । इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म पनि सैन्य शासन रहेको थियो । त्यतिबेला सुचीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्