३२ असार २०८३, बिहीबार

सामसुङको एस२१ सेरिज खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी

सामसुङको एस२१ सेरिज खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी

सानिमा बैंकले सामसुङको एस२१ सेरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ । 

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्स प्रालिसंग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क किस्ताबन्दीको प्रशासनिक शुल्क र सामसुङको तर्फबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ  ।

सामसुङ एस२१ सेरिज को प्री‐बुकिङ्ग सुरु भइसकेको छ ।

 ग्राहकहरुका लागि २०७७ माघ २३ गते बाट उपलब्ध हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकहरुले आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्