२७ जेठ २०८३, बुधबार

दीपिका पादुकोणको नयाँ तस्वीर सार्वजनिक, मुस्कानले पति रणवीर भुतुक्क

माघ १९, २०७७
दीपिका पादुकोणको नयाँ तस्वीर सार्वजनिक, मुस्कानले पति रणवीर भुतुक्क

बलिउड अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा मुस्कान सहितको तस्वीर अप्लोड गरेकी छन् । 

दीपिका अफ ह्वाइट रंगको गोलो गला भएको कुर्ता र त्यससँग मेल खाने दुपट्टामा सजिएकी देखिन्छिन् । उनले कानमा ठूलो गोलो ईयररिङ पनि लगाएको देखिन्छ । 

उनी चिउँडो हल्का तल पारेर जमीनतिर हेर्दै मुस्काएको देखिन्छ । 
 

तस्वीरको क्याप्सनमा उनले फेब्रुअरी मात्र लेखिन् र विभिन्न इमोजी राखिन् ।

उनका पति रणवीर सिंहले तस्वीरमा प्रतिक्रिया जनाउँदै त्यो मुस्कान लेखे र मुटुका इमोजी राखे । 
 

दीपिकाका प्रशंसकहरूले पनि उनलाई सुन्दर भनी प्रतिक्रिया दिए । 

salt training

कमेन्ट गर्नुहोस्