
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरु पक्राउ परेबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरिएको छ ।
‘हामीलाई आशा छ सम्बन्धित सबै पक्षले म्यानमारको जनताको मतको सम्मान गर्नेछन् र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै पुनर्बहाली हुनेछ’, परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा हिरासतमा रहेका सुचीसहित राष्ट्रपति विन मिल्टलगायतका नेताको रिहाइको माग पनि गरिएको छ ।
म्यानमारमा सैन्य कु भएको छ भने एक वर्षका लागि संकटकाल लगाइएको छ ।