
निर्वाचन आयोगका नवनियुक्त आयुक्तहरूले पदभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आयोगमा पुगेर आयुक्तद्वय डा. जानकी तुलनाधर र रामप्रसाद भण्डारीले पदभार ग्रहण गरेका हुन् ।
संवैधानिक परिषद्को सिफारिशमा तुलाधर र भण्डारी दुवैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार नै आयुक्तमा नियुक्त गरेकी थिइन् ।

परिषद्को गत मंसिर ३० गतेको बैठकले संवैधानिक आयोगहरूमा रिक्त प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो ।
सिफारिशसम्बन्धी पत्र संसद् सचिवालयमा पुगेको ४० दिनपछि पदाधिकारीहरू नियुक्त गरी शपथ गराइएको हो ।


