भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इशारामा आलोचना गर्र्दै ट्वीट लेखेका छन् ।
उनले ट्वीटमा एक सूची प्रकाशन गर्दै धेरै तानाशाहको थर किन अंग्रेजीको एम अक्षरबाट शुरू हुन्छ भनी सोधे ।
राहुलले मार्कोस (फिलिपिन्स), मुसोलिनी (इटली), मिलोसेभिच (सर्बिया), मुबारक (इजिप्ट), मोबुतू (कंगो), मिकोमबोरो (बुरन्डी), मुशर्रफ (पाकिस्तान) को नाम लिएका हुन् ।
मोदीको थर पनि एमबाट शुरू हुने भएकाले उनले त्यसतर्फ संकेत गरेका हुन् ।
राहुलले केन्द्र सरकारको तीन नयाँ कृषि कानूनको लगातार विरोध गर्दै मोदी सरकारमाथि प्रहार गरिरहेका छन् । चीनसँग झुकेको र अर्थतन्त्र ध्वस्त पारेको विषय पनि उनले उठाइरहेका छन् ।
Why do so many dictators have names that begin with M ?
Marcos
Mussolini
Milošević
Mubarak
Mobutu
Musharraf
Micombero— Rahul Gandhi (@RahulGandhi) February 3, 2021