
भक्तपुरको सूर्यविनायकमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका- ५ घर भई हाल सूर्यविनायक नगरपालिका- ९ भातेढिकुर बस्ने २४ वर्षीय किरण चौधरी छन् ।
उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले जानकारी दिए ।
डीएसपी जबेगूका अनुसार किरणको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी ४० वर्षीय आमा मेघिया चौधरीको उपचारका क्रममा पाटन अस्पताल ललितपुरमा शनिबार बिहान मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।