१९ असार २०८३, शुक्रबार

आमाको हत्या आरोपमा छोरा पक्राउ

असार १३, २०८३
भक्तपुर
आमाको हत्या आरोपमा छोरा पक्राउ

भक्तपुरको सूर्यविनायकमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका- ५ घर भई हाल सूर्यविनायक नगरपालिका- ९ भातेढिकुर बस्ने २४ वर्षीय किरण चौधरी छन् ।

उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले जानकारी दिए ।

डीएसपी जबेगूका अनुसार किरणको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी ४० वर्षीय आमा मेघिया चौधरीको उपचारका क्रममा पाटन अस्पताल ललितपुरमा शनिबार बिहान मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्