२७ असार २०८३, शनिबार

अस्ट्रियालाई ३–० ले स्तब्ध पार्दै स्पेन विश्वकपको अन्तिम १६ मा

असार १९, २०८३
काठमाडौं
अस्ट्रियालाई ३–० ले स्तब्ध पार्दै स्पेन विश्वकपको अन्तिम १६ मा

 मिकेल ओयार्जाबालको उत्कृष्ट प्रदर्शनको मद्दतले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ। 

लस एन्जलस स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जित निकाल्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो।
स्पेनको जितमा ओयार्जाबालले दुई र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। 

दोस्रो हाफको ६६ औं मिनेटमा पेड्रो पोरोले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। खेल सकिन एक मिनेट बाँकी छँदा ८९ औं मिनेटमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे। दुवै गोलमा मार्क कुकुरेलाले उत्कृष्ट 'असिस्ट' प्रदान गरेका थिए।

जितसँगै स्पेनले आगामी जुलाई ७ मा डालसमा हुने प्रि-क्वार्टरफाइनलमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ। अस्ट्रिया भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्