२३ असार २०८३, मंगलबार

इजिप्टमा भेटियो सुनको जिभ्रो भएको मम्मी

माघ २१, २०७७
इजिप्टमा भेटियो सुनको जिभ्रो भएको मम्मी

इजिप्टको तापोसिरिस माग्नामा पुरातत्त्ववेत्ताहरूले १६ वटा तख्ता खोल्दा एउटामा सुनको जिभ्रो भएको मम्मी फेला पारेका छन् । 

मृत व्यक्तिको शरीरलाई लेप लगाउँदै गर्दा जिभ्रो निकालेर सुनको जिभ्रो राखिएको हुन सक्ने पुरातत्त्व टोलीको अनुमान छ । यमलोकका भगवान् ओसिरिससँग मृत व्यक्तिले कुरा गरून् भनी सुनको जिभ्रो राख्ने चलन प्राचीन इजिप्टमा चलेको थियो । 
 

मम्मी झिकिएको तख्ता दुई हजार वर्ष पुरानो हो र प्राचीन ग्रिसेली र रोमन युगमा प्रसिद्ध थिए । यी तख्ताहरू एक पहाड वा प्राकृतिक चट्टानभित्र थिए । 
 

तख्ताहरूभित्र अनेकौं मम्मी थिए र तिनको अवस्था जीर्ण भइसकेको थियो । तर मास्कहरू जस्ताको त्यस्तै हुँदा प्रत्येक मानिस कस्तो थियो भनी पुरातत्त्वविद्हरूलाई जानकारी भएको छ । 

उत्खनन सान्तो दोमिंगो विश्वविद्यालयले गराइरहेको हो । टोली लगभग एक दशकदेखि त्यहा उत्खनन कार्य गरिरहेको छ । 

टोलीले यसअघि तापोसिरिस माग्ना मन्दिरमा अनेकौं सिक्काहरू फेला पारेको थियो । त्यसमा रानी क्लियोपेट्रा सातौंको अनुहार छापिएको थियो । 

राजा टोलेमी चौथोले यो दर्शनीय मन्दिर बनाएको मूर्ति र मन्दिरका प्रांगणले उजागर गरेका छन् । 
 

टोलेमी चौथो फिलोपेटरले इजिप्टमा २२१ देखि २०४ ईसापूर्वमा शासन गरेका थिए । उनले विलासी समारोहहरू आयोजना गर्ने गर्थे । टोलेमी राजवंशको पतन उनैको पालाबाट भएको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्