०७ असार २०८३, आइतबार

भारत : शिवलिंगको ‘आँखा खुलेको’ हेर्न भक्तजनको भीड

माघ २१, २०७७
भारत : शिवलिंगको ‘आँखा खुलेको’ हेर्न भक्तजनको भीड

भारतको कर्नाटक राज्यमा रहेको गोकाकस्थित शिव मन्दिरमा सोमवार शिवलिंगको आँखा खुलेको भनी खबर आएपछि हजारौं भक्तजन मन्दिरमा ओइरिएका छन् । 

यसरी आँखा खुल्नुले कोरोनाभाइरस अन्त्य भएको संकेत दिने मन्दिरका पुजारी र भक्तजनको भनाइ छ । 

सत्र वर्षपछि शिवलिंगको आँखा खुलेको हो । त्यतिखेर कर्नाटकमा डेंगुको प्रकोप थियो र शिवलिंगको आँखा खुलेपछि त्यो अन्त्य भएको थियो । 
 

शंकरलिंग मन्दिरका पुजारीले सोमवार शिवलिंगको दिव्यदर्शन पाएको बताए । बिहान गर्भगृहको ढोका खोल्दा शिवलिंगको आँखा खुलेको देखेको उनको भनाइ छ । 

उनले तत्कालै स्थानीयहरूलाई यस चमत्कारका विषयमा जानकारी दिए अनि हजारौंको संख्यामा भक्तजन त्यहाँ आइपुगे ।

केही भक्तले शिवलिंगको आँखाको नानी समेत देखेको बताए । 
 

भौतिकवादी रवीन्द्रनाथ शानबागले यो सन् १९९५ मा गणेशजीलाई दूध पिलाउने होड चलेको जस्तै घटना भएको बताए । महामारीका कारण आम्दानी बन्द भएपछि मन्दिरका अधिकारीहरूले यो नाटक रचेको उनको भनाइ छ । 

पुजारी सतप्पाले यसलाई खारेज गर्दैै सन् २००४ मा शिवजीले आँखा खोल्दा डेंगु महामारी अन्त्य भएको र अब कोरोनाभाइरस अन्त्य हुने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्