१२ साउन २०८३, मंगलबार

दि सेक्रेट्स अफ राधा बन्ने, यस्तो छ कलाकारको टिम

दि सेक्रेट्स अफ राधा बन्ने, यस्तो छ कलाकारको टिम

लामो समयपछि चलचित्र निर्देशनमा फर्किन लागेका सुवर्ण थापा नयाँ चलचित्र निर्माणको तयारीमा छन् । ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतका चलचित्र निर्देशन गरिसकेका उनले नयाँ चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ बनाउने भएका छन् । यो चलचित्र यही माघ २६ बाट छायांकनमा जानेछ ।

निर्देशक थापा आफैंले निर्माण गर्ने चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत र खगेन्द्र लामिछानेको मुख्य भूमिका रहने निर्देशक थापा निकट एक स्रोतको भनाई छ । चलचित्र निर्माण टिमले छिट्टै चलचित्रबारे सम्पुर्ण जानकारी गराउने तयारीमा रहेको बुझिएको छ ।

यो चलचित्रको केही हप्तादेखि वर्क सप चलिरहेको छ । चलचित्रलाई सुवर्ण र सौगात मल्लले संयुक्त रुपमा निर्माण गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्