१७ असार २०८३, बुधबार

प्रचण्ड–नेपालको कार्यक्रम : साँझ मसाल जुलुस, भोलिका लागि तय युवा र्‍याली २८ गतेपछि

प्रचण्ड–नेपालको कार्यक्रम : साँझ मसाल जुलुस, भोलिका लागि तय युवा र्‍याली २८ गतेपछि

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध आमहड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी प्रचण्ड–नेपाल समूहले संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बिहीवार बन्द लगायत आन्दोलनका  कार्यक्रम घोषणा गरेको हो ।

हड्तालको पूर्वसन्ध्यामा नेकपाले बुधवार काठमाडौंमा मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ । 

२८ गतेका लागि निर्धारित सभा यथावत राख्दै भोलिका लागि तय भएको युवा र्‍याली २८ गतेपछि गर्नेगरी सारिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संविधान उल्ट्याउने गरी प्रतिगामी षड्यन्त्र गरेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्