१९ असार २०८३, शुक्रबार

म्यान्मार : कूविरुद्ध सरकारी अस्पतालका कर्मचारीले गरे भद्र अवज्ञा आन्दोलन

माघ २१, २०७७
म्यान्मार : कूविरुद्ध सरकारी अस्पतालका कर्मचारीले गरे भद्र अवज्ञा आन्दोलन

म्यान्मारका दर्जनौं सरकारी अस्पतालका कर्मचारीले बुधवार काम ठप्प पार्दै भद्र अवज्ञा आन्दोलनमा सहभागिता जनाएका छन् । 

सैन्य शासकले आङ सान सु चीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सेनाविरुद्धका गतिविधि शुरू हुन थालेका छन् । 

राजधानी ने पी तका साथै यांगोन तथा अन्य शहरहरूका ७० सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले सैन्य शासनमा काम नगर्ने बताएका छन् । सेनाका जर्नेलहरूले महामारीका बेलामा जनताको भन्दा पनि आफ्नो

प्राथमिकतालाई माथि राखेको आरोप उनीहरूले लगाएका छन् । 

भद्र अवज्ञा आन्दोलनको संयोजक गर्ने एक फेसबूक पेजमा जम्मा २४ घन्टामा एक लाख ५० हजार फलोअर आइसकेका छन् । ‘निर्वाचित सरकार पुनःस्थापना नगरिएसम्म आन्दोलन जारी रहनेछ,’ वेस्ट यांगोन अस्पतालका सर्जन क्यावले बताए । 

चिकित्सकहरूले रोगीहरूलाई आफ्नै घरमा तथा निजी क्लिनिकहरूमा उपचार गरिरहेका छन् । विद्यार्थी संगठनहरूले अन्य सरकारी कर्मचारीलाई पनि हडताल गर्न आह्वान गरेका छन् । 
 

सेनाविरुद्ध सडक प्रदर्शन भएको कुनै खबर छैन तर जनतामा आक्रोश बढिरहेको छ । पाँच दशकसम्म सेनाको दमनकारी शासनमा बस्नुपरेको जनता त्यही स्थिति फर्किंदा चिन्तित छन् । 

salt training

कमेन्ट गर्नुहोस्