![राजधानीमा यस्तो देखियो ओली पक्षीय नेकपाको मोटरसाइकल र्याली [फोटो]](https://lktcdn2.prixacdn.net/media/Motorcycle_Ryali_rlxhEG007K.jpg)
माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको जनसभाको तयारी स्वरूप प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बुधवार राजधानीमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
मध्याह्न १२ बजे ललितपुरको बालकुमारीबाट शुरू भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, शहीदगेट, जमल, नारायणहीटी, कमलपोखरी, गौशाला हुँदै कोटेश्वर पुगेर टुंगिएको छ ।
ओली नेतृत्वको नेकपाले शुक्रवार काठमाडौंमा बृहत् जनसभाको आयोजना गरेको छ ।
जनसभाको तयारी र प्रचारप्रसार व्यापक रूपमा चलिरहेको जनसभाको आयोजक नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
हेर्नुहोस्, तस्वीरहरू :
तस्वीर : सूर्य थापाको फेसबूकबाट