
अख्तियारसहित संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति नेपाली कांग्रेसले विमति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार ट्वीट गर्दै संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिलाई सर्वसत्तावाद उन्मुख कदम भनेका छन् ।
'विधि उल्लंघनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ ! क्रमशः १) संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २) त्यसपछिको बैठक, ३) आजको शपथ ग्रहण l दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्तिविरुद्ध संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी,' शर्माले लेखेका छन् ।
हेर्नुहोस्, ट्वीट :
विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2021
क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२)त्यसपछिको बैठक ३)आजको सपथग्रहण l
दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l pic.twitter.com/BUgxZiX6l6