
म्यान्मार प्रहरीले कू गरेर अपदस्थ गरिएकी नेत्री आङ सान सु चीविरुद्ध देशको आयात निर्यात कानून उल्लंघन गरेको अभियोग बुधवार लगाएको छ ।
उनलाई फेब्रुअरी १५ सम्म हिरासतमा राख्न प्रहरीले खोजिरहेको छ ।
सैन्य अधिकृतहरूले सु चीको निवास खानतलाश गर्दा हाते रेडियो भेटिएको र त्यो अवैध रूपमा आयात गरिएको तथा अनुमति विना नै प्रयोग गरिएको प्रहरीको दस्तावेजमा उल्लेख गरिएको छ ।
अपदस्थ राष्ट्रपति विन मीन्टविरुद्ध विपत व्यवस्थापन कानूनअन्तर्गतका कसूरमा अभियोग लगाइएको दस्तावेज पनि छ । उनले निर्वाचन अभियानका क्रममा कोभिड–१० का नियम भंग गरेको आरोप पनि छ ।