
स्कुल जीवनमा तपाईंले पनि आफ्नो हेन्डराइटिङ (अक्षर) सुधार्न भनेर थुप्रैपटक शिक्षकको ‘गाली’ खानुभएको होला । स्कुले जीवन वितेको धेरैपछि पनि तपाईलाई यो कुरा याद होला ।
तर के तपाईंले ध्यान दिनुभएको थियो कि तपाईको टिचरले तपाईलाई ‘अक्षर सुधार्न’ भन्नुभएको थियो, कहिल्यै पनि ‘अक्षर बदल्न’ भनेर भन्नुभएन् ! यसको सीधा कारण यो हो कि हामी प्राकृतिक चीजलाई पूर्णरुपमा बदल्न सक्दैनौं ।
ज्योतिषशास्त्र र समुद्रशास्त्रमा पनि मानिसको स्वभासँग जोडिएका कैयौं कुराको उल्लेख गरेको पाइन्छ । जसमध्येको एक हो व्यक्तिको अक्षर (हेन्डराइटिङ) बारे । व्यक्तिको हेन्डराइटिङबाटै उसको स्वभावबारे धेरैथोक जान्न सकिने शास्त्रमा उल्लेख छ ।
दुई फरक अवस्थामा हेन्डराइटिङ
तपाईले पनि देख्नुभएको होला अथवा महशुष गर्नुभएको होला, जब कुनै व्यक्ति समस्यामा हुन्छ वा धेरै सोचिरहेको हुन्छ भने त्यसको असर उसले लेखिरहेका अक्षरमा पनि पर्छ ।
स्वाभाविक लेखाइ र कुनै खास मौकामा लेख्नु, यो दुवै अलग कुरा हो । जस्तै परीक्षाका बेला धेरै छिटो (हतारमा) लेख्नु र अन्य सामान्य अवस्थामा लेख्नुमा पक्कै पनि अन्तर हुन्छ ।
१. छोटो–छोटो लेखाइ
विशेषज्ञहरुको भनाइमा जुन व्यक्तिको लेखाइ (अक्षर) धेरै छोटो हुन्छ उनीहरु पढाईमा धेरै तेज हुन्छन् । साथै उनीहरु कुशल, एकाग्र र लजालु स्वभावका हुन्छन् ।
२. ठूला अक्षर बनाउनु
जुन व्यक्तिले लेख्दा ठूला अक्षर बनाउँछन् उनीहरु स्वभामा अत्यन्तै मिलनसार हुन्छन् । साथै उनीहरु प्रेमका लागि भट्किरहेका हुन्छन् । यसका अतिरिक्त ठूला अक्षर बनाउने व्यक्ति घुम–फिरका पनि सौकिन हुन्छन् ।
३. मध्यमखाले लेखाइ
जुन व्यक्तिले लेख्दा न त धेरै ठूला न त धेरै साना (मध्यमखाले) अक्षर बनाउँछन् उनीहरु हरेक स्थितिलाई खेप्न सक्ने खालका हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि आफूलाई एडजस्ट गर्न सक्नु उनीहरुको मुख्य विशेषता हो । यस्ता व्यक्तिको न त धेरै अपेक्षा हुन्छ, न त गुनासो नै ।
४. हरेक अक्षरपछि ग्याप (खाली ठाउँ)
यस्ता पनि धेरै व्यक्ति हुन्छन्, जो लेख्दाखेरी हरेक अक्षरको बीचमा थोरै खाली ठाउँ (ग्याप) राख्छन् । यसरी लेख्ने व्यक्ति आफ्नो जिन्दगीमा स्वतन्त्रता चाहन्छन् । यस्ता व्यक्ति कुनै पनि प्रकारको बन्धनमा रहन चाहँदैनन् । यस्ता व्यक्तिलाई भीड मन पर्दैन ।
५. अक्षरको बीच अलिकति पनि खाली ठाउँ नराख्ने
जो व्यक्ति लेख्नेबेला अक्षरको बीचमा अलिकति पनि खाली ठाउँ राख्दैनन् उनीहरु एक्लै रहन डराउँछन् । यस्ता व्यक्ति कुनै पनि ठाउँमा एक्लै उभिन सक्दैनन् । यस्ता व्यक्तिलाई मानिसको भीड भएको ठाउँ मनपर्छ । साथै यस्ता व्यक्ति जिन्दगीमा अरुको मद्दतको धेरै अपेक्षा गर्छन् ।