![गृह मन्त्रालयले भन्यो–प्रचण्ड/नेपाल पक्षको बन्दमा यातायात चलाउनु [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_AfgM55j0Sl.jpg)
गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रचण्ड–नेपाल समूहले बिहीबारका लागि नेपाल बन्द गरेको सन्दर्भमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार रति जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने पनि उल्लेख गरिएकाे छ ।
हेर्नुहोस् विज्ञप्ति
