
स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सब रसाइलीले माफी मागेपछि उनीहरु र सुष्मासँगको बिबाद सकिएको छ । बुधबार दिनभर प्रहरी कार्यालयमा भएको छलफलपछि उनीहरुबीचको विवाद टुंगिएको हो ।
अभिनेत्री सुष्मा कार्कीले मंगलबार महानगरीय प्रहरी वृत्त, दरबार मार्गमा आफूमाथि काठमाण्डौको लण्डन पबमा कुटपिट र गालीगलौज भएको उजुरी दिएकी थिइन् । तर, मंगलबार उत्सब र आरती प्रहरी कार्यालयमा उपस्थित भएनन् ।
अभिनेत्री कार्कीका अनुसार युट्युबर उत्सवले गालीगलौज गरेको र स्वेता खड्काकी बहिनी आरतीले कुटपिट गरेका थिए । बिबाद समाधानपछि सुष्माले भनेकी छिन्, ‘उहाँहरुले माफी मागेपछि मैले माफी दिएँ । अबका दिनमा यस्तो किसिमको गल्ती कहिल्यै नदोहोरियोस् ।’ प्रहरी कार्यालयमा उनीहरुबिच एक अर्कालाई सम्मान गरेर अघि बढ्ने सहमती भएको छ ।